काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उनको भनाइ छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज बिहान सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरु होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं ।’
कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि उनले बताए ।सबै नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै उनले त्यसका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह जिल्ला पुगेर देउवाले भने-‘तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु’
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन
संघीयता आएपछि जनताले आफ्नै गाउँ-ठाउँमा स्वास्थ्य र शिक्षा पाएका छन् : देउवा
प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना
ओली जीसँगै जेल बसेको, दुःख गरेको राम्रो मान्छे हो : देउवा
माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संबिधान संशोधन गर्छौं : देउवा