एजेन्सी । विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता टेस्ला इन्कका मालिक अमेरिकाको प्रसिद्ध पत्रिका टाइमको वर्ष व्यक्ति बनेका छन् । मस्कको विद्युतीय कार निर्माता कम्पनी विश्वकै सबैभन्दा बढी उपयोगी कार निर्माण गर्ने कम्पनी हो ।
मस्कलाई वर्ष व्यक्ति २०२१ घोषणा गर्दै टाइम म्यागेजिनका प्रधान सम्पादक इडवार्ड फेल्सएन्थलले भनेका छन्, ‘विद्यमान संकट समाधान गर्न, सम्भावनाको उदाहरण पेस गर्न, प्राविधिकहरुको उमेरको जोखिम मोल्न सक्ने खुवी तथा समाजलाई साहास र विघटनकारी परिवर्तनका लागि एलन मस्क टाइम म्यागेजिनको वर्ष व्यक्ति बनेका छन् । ’
गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस टाइम म्यागेजिनको वर्ष व्यक्ति बनेका थिए । चार पाङ्ग्रे सवारी साधनको क्षेत्रमा टेस्ला यस वर्ष अग्रेणी स्थानमा रहयो । टेस्लाको बजार मुल्य १ ट्रिलियन अमेरिकी डलरभन्दा बढीे छ । टेस्लाको बजार मुल्य फोर्ड मोटर र जनरल मोटर्सको भन्दा बढी रहेको जनाइएको छ ।
टाइमले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई टाइम वर्ष व्यक्ति घोषित गर्छ । पत्रिकाले सन् १९२७ देखि वर्ष व्यक्ति घोषित गर्न थालेको थियो । पत्रिकाले त्यस्ता व्यक्तिहरूलाई छनौट गर्छ जसले समाचारलाई सबैभन्दा बढी प्रभावित गर्छन, चाहे त्यो नकरात्मक नै किन नहोस्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ मंसिर २०७८, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम