काठमाडौं । संघीय संसद्का दुबै सदनको बैठक आज मंगलबार बस्दैछ । सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।
सोही अनुसार संसद सचिवालयले प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
यस्तो छ सम्भावित कार्यसूची
सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।
गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेस गर्ने ।
भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ
श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन
कानूनसहित तीनवटा समितिको बैठक बस्दै
संसदमा माओवादीको प्रश्न : माओवादी हिंसा शब्दको प्रयोग व्यक्तिगत हो कि दलको विचार हो ?
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै
कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाले परीक्षा स्थगित भएकोबारे संसदमा उठ्यो प्रश्न