विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।
बच्चासहित आएको माउ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ । राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङमा हात्तीले घर भत्कायो