काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
ज्ञापन–पत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरी अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले मन्त्रीलाई बुझाए ज्ञापनपत्र
विपक्षी दलहरूले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने
विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र
एनआरएनए यूकेले ४ वटा मागसहित प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापनपत्र
किसानका समस्या समाधान गर्न महासङ्घको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र