विपक्षी दलहरूले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, ११ : ४७
विपक्षी दलहरूले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं। विपक्षी दलहरूले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरोलगायत विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने समझदारी बनेको हो ।

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन:स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन ।

प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,' बैठकपछि उनले भने ।

 

 

 

प्रतिक्रिया दिनुहोस