काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
प्रदेश नम्बर ३ (क) को मतगणनास्थल भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो। देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो।
मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो।
श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका छन् । पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए। ‘अरू चार जनालाई पनि चोट लागेको छ ।
मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
काँग्रेसका मन्त्रीहरूले भने-ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै