बेलायत । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् ।
यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ । (सिन्ह्व)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ कार्तिक २०७८, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते