माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु  हुने गरि विधान संशोधन गर्दै

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, ०८ : ४३
माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु  हुने गरि विधान संशोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी माओवादीले गरेको छ । 

माओवादीका एक स्थायी समिति सदस्यका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकले एक व्यक्ति एक पदलगायतका विषयमा विधान संशोधन गर्नुपर्ने भएकाले अर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ । 

माओवादी केन्द्रमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने यसअघि नै निर्णय गरिसकेको छ । हाल एकै व्यक्ति विभिन्न पदमा दोहोरिएको सन्दर्भमा अब भने पार्टीले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस