काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।
उनले भने, “गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो । ”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिबाट आयआर्जन गर्दै दलित महिला
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथ ग्रहण
विद्यालयमै च्याउ र तरकारी खेती, पढ्दै कमाउँदै विद्यार्थी