मकवानपुर । उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्।
५८औँ साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रानाभाट विजयी भएका हुन्।
आइतबार (आज) बिहान सार्वजनिक मतपरिणामअनुसार रानाभाटले १ हजार १४ मत ल्याए भने प्रतिस्पर्धी अनिल अग्रवालले ७ सय ६५ मत पाए।
शनिबार भएको मतदानमा २ हजार ४६ जना मतदाता रहेकामा १ हजार ८१६ मत खसेको थियो।
यसैगरी महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी, सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य विजयी भएका छन्।
उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाईं र वस्तुगततर्फ काव्यर्माण अधिकारी निर्वाचित भएका छन्।
राजु र काव्यर्माण अग्रवाल प्यानलका हुन् भने दीपक र उज्ज्वल रानाभाट समूहका हुन्।
सचिव पदमा कुलप्रसाद चौलागाईं दिवस पराजुलीलाई हराउँदै विजयी भए। वाणिज्यतर्फ सदस्य पदमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, र राजेन्द्र लामिछाने विजयी भए।
सदस्य पदमा कृष्ण गोपाल महर्जन, जगदीश दहाल र भूपेन्द्र प्रसाद अधिकारी विजयी भए। यस क्षेत्रका महिला सदस्य पदमा सीता देवी भेटवाल विजयी भइन्। उनले मेनुका श्रेष्ठलाई हराइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका व्यवसायीका समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण