प्रधानन्यायाधीशको राजिनामा प्रकरणमा महराले भने-मुलुक संकटतर्फ धकेलियो !

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, २१ : ५३
प्रधानन्यायाधीशको राजिनामा प्रकरणमा महराले भने-मुलुक संकटतर्फ धकेलियो !

काठमाडौं । नेकपा माओबादि केन्द्रका प्रबक्ता कृष्ण बहादुर महराले प्रधानन्यायधिसको राजिनामाको प्रकरणलाई संकेत गर्दै मुलुकमा संकट थपिन लागेको बताएका छन ।

प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै महराले सो कुरा बताएका हुन । प्रधानन्यायधिस चोलेन्द्र शमसेर राणाले राजिनामा दिनु पर्ने चौतर्फिरुपमा उठिरहेको बेला उनले मुलुक फेरि संकट आइ लागेको र यो पाँच दलिय गठबन्धनले मिलेर समाधान गर्ने बताए । राष्ट्रियता र संविधानको रक्षाका लागि अन्तिम संघर्ष जरुरी रहेको भन्दै पुर्ब सभामुख महराले संविधान बचाउन पाँच दलिय गठबन्धन बनेको र यो चुनाबसम्म निरन्तररुपमा चल्ने संकेत गरे ।

पाँच दलिय गठबन्धन नै मुख्य राजनितिको केन्द्रबिन्दु रहेको चर्चा गर्दै माओबादी नेता महराले संविधान बचाउनु पर्नेहरुको बिचमा गठबन्धन भएको जिकिर गरे । संविधान बनेपछि संविधान बिरोधी र यथास्थिती शक्ति खुसी नभएको तर्क गर्दै बिभिन्न बखेडा झिकेर संविधान मास्ने काम हुने भएकाले सबै सचेत हुनुपर्ने महराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस