काठमाडौ । जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपसभामुख कृष्ण बहादुर महरा केहीदिन अस्पतालमै रहने भएका छन् ।
उनी पक्राउको अवधिमा पनि स्वास्थ्यको कारण देखाउँदै अस्पतालमै बसेका थिए । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरा केही दिन अस्पतालमै रहने पारिवारिक स्रोतले बतायो ।
सरकारी वकिलको सहमतिपछि सीआईबीबाट हाजिर जमानीमा रिहा भएका महरालाई घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या रहेको बताइएको छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो