काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।
उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फछर्यौट लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार