झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १० : ४०
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार

विराटनगर। झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । ती बालिकामाथि जिल्लाका छुट्टाछुट्टै स्थानमा सामुहिक बलात्कार भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

ती बालिकामाथि सातजना युवाले अर्जुनधारा नगरपालिका– ५ र बिर्तामाेडमा बलात्कार भएको पाइएको उनले आइतवार जानकारी दिए।यसैबीच ६ आरोपी पक्राउ गरेका छन्। एकजना भने अझै फरार रहेका छन् ।  

 

 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलगायत छन् ।‘बिर्तामोडको बसपार्क क्षेत्र र रिसोर्टमा गरी दुई स्थानमा बलात्कार गरेको भनेर दुईवटा जाहेरी परेका छन्,’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘एक ठाउँमा तीन र अर्को ठाउँमा चार जनाले बलात्कार गरेको भनेर पीडितले जोहेरी दिएकी छिन् ।’

 

लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको पाइएकाे प्रहरीले जानकारी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि थप कुरा खुल्ने  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस