बुटवल । दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले सशस्त्र प्रहरीले पक्राउ परेको रातोपाटीलाई पुष्टि गरेका छन् । सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ।
गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।
घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरेर ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ
१३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट