काठमाडौं । त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहमा सहभागी हुने बिद्यार्थीहरूले आवेदन दिन अब तीन दिन मात्रै बाँकी छ । ५ कात्तिकभित्र अनलाइन आवेदन भर्ने विद्यार्थीलाई मात्रै विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी गराउने छ ।
गत २१ भदौदेखि अनलाइन आवेदन माग गरेको विश्वविद्यालयले २० असोजसम्म आवेदन दिन मिति तय गरेको थियो । तर, दसैँ बिदाको समय थप गर्न अनुरोध आएको भन्दै ५ कात्तिकसम्म म्याद थप गरिएको थियो ।
त्रिवी केन्द्रीय परिक्षा सञ्चालक समितिको निर्णयअनुसार ५ कात्तिकभित्र आवेदन दिनेलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गत २० असोजको निर्णयमार्फत थप गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । त्रिविले ४७औं दीक्षान्त समारोह आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त