काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।
बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका छन् ।
सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर जस्ता नारा लगाइरहेका छन् । एमालेको अवरोधका बीच सभामुखले बैठकलाई अगाडि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो