काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।
त्यस्तै उनीहरुले महँगी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा