काठमाडौं । दुुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५-२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुुगेको समितिले जनाएको छ ।
समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुुगेको समितिले जनाएको छ ।
समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ असोज २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !