काठमाडौ । दसैँलगत्तै ताजा तथा हरिया तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा किन्ने उपभोक्ताले भने मूल्य घटेको महसुस गर्न पाएका छैनन् ।
दसैँपछि उपत्यकामा तरकारी आपूर्ति सहज भएसँगै थोक बजारमा तरकारी मूल्य घटे पनि खुुद्रामा मूल्य नघटेका कारण उपभोक्ताले मूल्य घटेको महसुुस गर्न नसकेका हुन् ।
यही असोज दोस्रो साता देशभर अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा महँगिएको तरकारी दसैँसम्म महँगै थियो । अहिले भने आलुु, प्याजबाहेकका तरकारीको मूल्य घटेको छ ।
उपत्यकामा तरकारी आपूर्ति बढेसँगै थोकमा अधिकांश तरकारीको मूल्य आधाले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ कार्तिक २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !
वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी