काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो ।
असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।
आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको जानकारी दिनुभयो ।
परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य–सचिव अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा सर्यो
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कक्षा १२ को नतिजा सुधारोउन्मुख