काठमाडौ । प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थ गर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडी÷एमएस गर्न पाउने छन् ।
चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार बैठकले पिजी अध्ययन गराउनका लागि स्रोत सुनिश्चित गरेसँगै पिजीका लागि कोटा थप भएको हो ।
यस्तै बैठकले जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीका लागि जनरल नर्सिङ विषय अध्यापन गराउन स्वीकृति दिएको छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कक्षा १२ को नतिजा सुधारोउन्मुख
कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका (सूचनासहित)