पोखरा । अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमै पहिलोपटक पोखरामा फुटसल लिग गर्ने भएको छ । एन्फा फुटसल कमिटीले २ देखि २२ असोजसम्म लिग गर्न लागेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा म्याट विछ्याएर खेलाउन लागिएको कमिटीका प्रमुख विनोद गुरुङले जानकारी दिए । लिगको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि पनि फुटसल प्रतियोगिता गर्ने योजना रहेकोमा कोभिड संक्रमणका कारण पछि धकेलिएको हो ।
१ असोजमा सबै प्रदेशबाट क्लवहरु आउनेछन् । केही टिम भने पोखरा आइसकेका छन् । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । पोखराका दुई र अन्य प्रदेशका आठ क्लवले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
‘सबै खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलमा सहभागी हुन पाउनेछन् । कोरोनाविरुद्धको खोप लगाएका दर्शकले मात्र प्रवेश गर्न पाउँछन्,’ उनले भने, ‘जिल्ला प्रशासनसँग छलफल गर्दैछौं । कार्यक्रमको मोडालिटी फरक हुन पनि सक्छ ।’
कोभिड दोस्रो लहरपछि पोखरामा हुन लागेको यो नै ठूलो खेल इभेण्ट हो । यसले पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास छ । एन्फाले लिगका लागि छनोट चरणका खेलहरू खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागि गराउन लागेको हो ।
यसअघि सातवटै प्रदेशमा छनोट चरणका प्रतिस्पर्धा भएको थियो । प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमूल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौंले सहभागी हुन पाउनेछन् । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल प्रालि र सविन मेमोरियल फुटसल क्लब प्रालि सहभागी हुन्छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।
एन्फाले काठमाडौंमा गत मंगलबार खेल तालिका सार्वजानिक गर्दै मिति तय गरेको हो । लिग विजेताले नगद १० लाख रुपैयाँ पाउने छन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले पनि जनही २५ हजार पुरस्कार पाउने छन् । लिगबाट एसियाली फुटबल महासंघ ९एएफसी० द्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिम पनि छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ