काठमाडौँमा ३ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, २० : ३७
काठमाडौँमा ३ जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौँका फरक फरक स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक पेटीमा एक जना मृत फेला परेका छन् ।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ६८ वर्षीय कृष्ण तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी तारकेश्वर नगरपालिका-१० मनमैंजु मिलिजुली टोल बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-८ घर भएका २४ वर्षीय अनिस न्यौपाने पनि आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

यसैगरी टोखा नगरपालिका-१० सामाखुसीस्थित अल नेपाल अस्पताल नजिकै सडक किनारमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस