मृत भेटिए दक्षिण कोरियाली गायक

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, ११ : ५३
मृत भेटिए दक्षिण कोरियाली गायक

सोल । दक्षिण कोरियाली गायक विसङ मृत भेटिएका छन् । सोलस्थित आफ्नै घरमा सोमबार उनी मृतावस्थामा भेटिएका हुन् ।४३ वर्षीय उनलाई कार्डियाक अरेस्ट भएको र अचेत अवस्थामा भेटिनुभन्दा निकै समयअघि नै उनको मृत्यु भइसकेको बताइएको छ ।

विसङको वास्तविक नाम चोई वि–सङ हो । उनले २००२ मा संगीतको क्षेत्रमा डेब्यू गरेका थिए । आवाजकै कारण डेब्यू गर्ने बित्तिकै उनी निकै चर्चित बने ।

२००० को दशकमा  उनी निकै लोकप्रिय थिए । दक्षिण कोरियामा आरएन्डबीलाई चर्चित बनाएको श्रेय यिनैलाई जान्छ । वर्षौसम्म विसङले आफूलाई के–पप स्टारका मेन्टर र भोकल कोचको रूपमा स्थापित गरेका थिए ।

केहीका लागि त उनले गीत पनि लेखिदिएका छन् । यही सप्ताहान्तमा दाएगु शहरमा गायक केसीएमसँग विसङको कन्सर्ट हुँदै थियो । 

प्रतिक्रिया दिनुहोस