कोरोना अपडेट : थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १७ : ०५
कोरोना अपडेट : थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार २१४ जनामा र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ।

आइतबार २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।