एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो भड्किएको छ ।
अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।
डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । डढेलोका कारण अहिलेसम्म कुनै पनि घरमा क्षति भएको छैन । तर आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ ।
क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० माघ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
वन डढेलो: धेरै घटना तराईमा, बढी क्षति पहाडमा
दक्षिणकालीको वनमा फैलिएको डढेलो अझै निभाउन सकिएन