कोरोना अपडेट : गत २४ घण्टामा १ हजार ८ सय ५७ संक्रमित थपिए, थप २७ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १६ : ३९
कोरोना अपडेट : गत २४ घण्टामा १ हजार ८ सय ५७ संक्रमित थपिए, थप २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८५७ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ४०९ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ५१६ र तीन हजार ७६७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख १० हजार ४५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।