एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध विराम गर्न पहल नगरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले रुस-युक्रेन युद्धको विषयमा यस्तो बताएका हुन्।
ट्रम्पले हाउथीलाई वैदेशिक आतङ्कवादी सङ्गठन ठहर गरेका छन्। हाउथी यमनमा इरानको सहयोगमा सञ्चालित सैन्य समूह हो। यमन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका धेरै आक्रमणमा हाउथी जिम्मेवार छ।
त्यसैगरी ट्रम्पले दक्षिणी सीमामा १५ सय सेना परिचालन गरेका छन्। तत्कालका लागि ती सेना कानुन उपयोग गर्नका लागि नभई भौतिक संरचना निर्माणमा सक्रिय रहने जनाइएको छ।
अमेरिकी संसद्ले ल्याएको नयाँ आप्रवासी विधेयक पारित गरेको छ। सो विधेयक २६३-१५६ मतले पारित भएको हो।
ट्रम्पले अमेरिका कुनै पनि किसिमका शरणार्थीका लागि प्रवेश निषेध गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० माघ २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
ट्रम्प र जेलेन्स्कीसँग फ्रान्सेली राष्ट्रपति म्याक्रोनको फोन
पुटिनपछि युक्रेनी राष्ट्रपतिसँग ट्रम्पको फोन संवाद, के भयो कुराकानी ?
ट्रम्पले गरे विदेशी भ्रष्टाचार अभ्यास ऐन खारेज
हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी