काठमाडौँ उपत्यकामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १६ : ४४
काठमाडौँ उपत्यकामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण भएको छ।