चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, आज ७६ जनामा संक्रमण पुष्ट्रि

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १८ : ०५
चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, आज ७६ जनामा संक्रमण पुष्ट्रि

चितवन । चितवनमा आज ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै चितवनमा पहिलो र दोस्रो लहरमा गरेर कोरोना संक्रमित हुनेहरुको संख्या २४ हजार ४१ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या दुई हजार ५८ जना रहेको छ ।

जसमध्ये घरमा आइसोलेसनमा एक हजार ९२८ जना, अस्पतालको आइसोलेसनमा १२७ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् । संक्रमितहरु मध्ये २१ हजार ६०१ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा चार जना, माडीमा दुई जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्तीमा एक जना र कालिकामा एक जना थपिएका हुन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ३८२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।