माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १२ : २०
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बसेको हो ।

साउन ३० र ३१ मा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि मिति तय गर्दै चार महिने संगठन निर्माण अभियानको घोषणा गरेको थियो ।

अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि माओवादीले नेताहरूलाई कार्यविभाजन गरेर पठाउने विषयमा स्थायी समिति छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस