काठमाडौं। टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरिएका छन् । अलेक्ज्याण्डर ज्वेरेभ विरुद्धको सेमिफाइनल खेलमा बायाँ खुट्टामा समस्या देखिएपछि उनले बीचमै खेल छाडेका हुन् ।
नोभाक जोकोभिचले पहिलो सेटमा १ घण्टा २१ मिनेट खेलेका थिए । तर त्यसपछि उनी थप खेल्न सकेनन् । योसँगै अलेक्ज्याण्डर ज्वेरेभ अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १४ : ००
लेखकबाट थप