कारोना अपडेट : २४ घण्टामा ३ हजार ७५ संक्रमित थपिए, १ सय ६८ जना भेन्टिलेटरमा

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १६ : ५२
कारोना अपडेट : २४ घण्टामा ३ हजार ७५ संक्रमित थपिए, १ सय ६८ जना भेन्टिलेटरमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय पुगेको हो । 

संक्रमितमध्ये ७ सय ३९ जना आईसीयू र १ सय ६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । 

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २ सय २८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३ सय ७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४ सय २९ पुगेको छ ।