काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनले यस्तो बताएका हुन् । उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गरिने जानकारी दिएका हुन् ।
उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा स्वागतसमेत गरे । उनले भने,‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत् काम हो ।संविधानले यो अधिकार दिएको छ । अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें, यदि आएको हो भने संविधानसम्मत् हो ।
प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै, कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु, यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यदावको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन् । तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं ।’
उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताएका छन् । उनले भने,‘नेपाली जहाँसुकै भएपनि सरकारको यो प्रथम कर्तव्य हो, त्यसको उद्धार र राहत गर्ने दायित्व हो । असामान्य अवस्था उत्पन्न भयो भने सरकारले विशेष कदम चाल्नुपर्छ । अफगानिस्तानमा अहिलेको अवस्था असामान्य छ, यो कारणले विभिन्न मुलुकका नागरिक त्यहाँ बसिररहेका छन्, ती देशले आ–आफ्नो नागरिकलाई बचाउने र राहत दिने काम सुरु गरेका छन् । हाम्रो सरकारले पनि प्राथमिकता दिनुपर्छ ।’
अफगानिस्तानबाट आजमात्रै सयौंको संख्यामा उद्धार गरेर ल्याईएको तथ्यांक सुनेको उल्लेख गर्दै अझै त्यहाँ रहेकाहरुलाई पनि उद्धार गर्नुपर्ने उनको भनई छ । उनले भने,‘रेस्क्यु हुन धेरै बाँकी छन् । सरकारले तत्काल कुन अवस्थामा र कहाँ के छ ? दूतावासमार्फत पहिले तथ्यांक जारी गर्नुपर्छ । हाम्रो नागरिक कुन अवस्थामा छन् ? कहिलेसम्म रेस्क्यु हुन्छ भनेर तुरुन्तै जानकारी दिनुपर्छ । यो सरकारको दायित्व र कर्तव्यपनि हो । विभिन्न कामले अफगानमा रहेका नेपालीहरुलाई अविलम्ब उद्धार गर्नुपर्छ । यो आवश्यकत्ता हो । म र मेरो पार्टीको धारणा पनि यही हो । यसमा सरकार लाग्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
जसपा नेपालको अभियान आइतबार उद्घाटन हुने