पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १६ : ३२
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।