काठमाडौँ । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ ।
स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्य भन्नुहुन्छ,
‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने अभिभावकको रेखदेखजस्तो अरू कसैको हुँदैन तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ । बालबालिकामा कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ ।’’
डा. शाक्यका अनुसार केही बालबालिकाको पेट पनि खराब हुन सक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणका आधारमा उपचार गर्न सकिन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुने उहाँको सुझाव छ ।
बालरोग विशेषज्ञ जुन डङ्गोलले लक्षणविनाका बालबालिकालाई अस्पताल ल्याउनु नपर्ने जानकारी दिँदै घरमा नै एकान्तबास बसे राम्रो हुने बताउनुहुन्छ । कोही बालबालिका जन्मजात नै मुटुरोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अङ्गले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने चिकित्सकको सल्लाहबमोजिम हेरविचार गर्न सकिने उहाँले बताउनुभयो ।
बच्चामा कोरोना सङ्क्रमण दर बढ्नुका पछाडि भाइरसले रूप परिवर्तन गर्नु नै हो, डा. डङ्गोलले भन्नुभयो, ‘‘सङ्क्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लुका रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।” गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३१ साउन २०७८, ०६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका
खोलाले बगाएर दुई बालबालिकाको मृत्यु