कोरोना अपडेट : थप ३ हजार ४८७ जनामा संक्रमण, ३० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १६ : ४०
कोरोना अपडेट : थप ३ हजार ४८७ जनामा संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।