चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८को वार्षिक समिक्षा बैठक सम्पन गरेको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ । महानगर परिसरमा सम्पन्न समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए।
उक्त अवसरमा महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूले महाशाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै बरूजु न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो ।सो अवसरमा राजस्व असुलि, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रबाह गर्न भुमिका खेल्ने बताईएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक बर्ष ०७७/०७८ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका समग्र विकास निर्माण तथा सेवाप्रबाहलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिएकी थिईन । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रबाह र शुसासन कार्र्य गर्न आग्रह गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडी बढाउन आग्रह गरेकी छिन् ।प्रमुख दाहालले आफू र जन प्रतिनिधीहरूले हर तवरको सहयोग पुराउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गरेकी थिईन् । वितेको ४ वर्षमा आफूले समग्र भरतपुरको विकासका लागि उल्लेख्निय कामहरू गरेको बताउँदै केही बॉकी रहेका योजनाहरू पनि यस आर्थिक वर्षमा अगाडी बढ्ने बताईन् ।
कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताईन् । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजन बद्द ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडी बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरेकी थिईन ।
वार्षिक समिक्षा बैठकमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द