कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १६ : ४२
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८ जना संक्रमित थपिएका छन् ।

१८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।  यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार यस्तै सोही अवधिमा २ सय १२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।