काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा मध्यान्ह १२ः३० बजेबाट पौडेल पक्षीय नेताहरुबीच आन्तरिक छलफल चलिरहेको छ ।
१४ औं महाधिवेशनको अन्यौलता र क्रियाशील सदस्यता विवादका सन्दर्भमा छलफल भइरहेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तय गरेको वडास्तरको अधिवेशन स्थगित गरेपछि पौडेल पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनका विषयमा पनि छलफल हुने तिवारीले बताए ।
छलफलमा पौडेल पक्षीय शीर्ष नेताका साथै संस्थापन इत्तर पक्षबाट क्रियाशील सदस्यता छानविन समितिमा रहेका प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरु पनि सहभागी छन् । आफ्नो समूहबाट मन्त्री पाउने सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । तर अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले नाम नमागेको पौडेल पक्षको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल
शीतल निवासमा मेलम्चीको पानी आपूर्ति नियमित नभएको विषयमा राष्ट्रपति पौडेलको चासो
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल