ओली नेतृत्वले कोरोना फैलाउन दिनदिनै नारा जुलुस गर्दै हिँडेको छ : बिडारी

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १४ : ०२
ओली नेतृत्वले कोरोना फैलाउन दिनदिनै नारा जुलुस गर्दै हिँडेको छ : बिडारी

फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना फैलाउन दिनदिनै नारा जुलुस गर्दै हिँडेको बताएका छन् ।

बिहीबार राष्ट्रयसभा समसामयिक विषयमा धारणा राख्दै बिडारीले ओली नेतृत्वले  सरकारमा रहँदा र बाहिर निस्कँदा पनि कोरोना फैलाउन भूमिका खेलेको आरोप लगाएका हुन् ।बिडारीले भने, ‘निवर्तमान सरकार कोरोनाको रोपाईँ गरिरहेको छ। कहिले माइतिरमा रोपाईँ, बालुवाटारदेखि बालकोटसम्म नारा जुलुस गरिएको छ। बाँदेर जुलुस निकालिएको छ।’

बिडारीले जनमतअनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको विषयलाई जटिल बनाएर परमादेशबाट सरकार बन्यो भनेर अपव्याख्या गरेको दाबी गरे।

उनले भने, ‘बुझ्नु न सुद्नु त्यतिकै कुर्नु भने जस्तो भएको छ। जनादेश हेर्न ठाउँ कहाँ होरु शब्दको बेइजत गर्नेरु जनादेश भनेको प्रतिनिधिसभा भित्र हेर्ने हो। निर्वाचित सांसदले दिने मत जनादेश हो। त्यति न बुझेर परमादेशबाट आयो भन्नेरु रुँदै हिँड्नेरु’

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका बिडारीले राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाए। राष्ट्रपतिले संसदीय सुनुवाइ विनै संवैधानिक निकायमा नियुक्त गरिदिँदा त्यसको गरिमा नै सकिएको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस