युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १२ : ३१
युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ललितपुर । ललितपुरमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदन कुमार सिंहथारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस