एजेन्सी । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या आरोपमा चार जना व्यक्तिको गोली हानेर हत्या गरिएको छ ।
बीबीसीका अनसार राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको छ ।
हिजो बुधवार हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको थियो । उनकी श्रीमती गम्भीर घाइते छिन् । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको जनाइएको छ ।राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ असार २०७८, १६ : ०१
लेखकबाट थप