लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १५ : २६
लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

नेपालगञ्ज । बर्दियामा ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि ब्यूरो र प्रहरीको टोली त्यहाँ पुगेको थियो। सिर्जनशील टोलस्थित हुलाकी सडक खण्डमा शर्मालाई जाँच गर्दा ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले बताएको छ।

प्रहरीले शर्माविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। बाँके र बर्दिया सीमावर्ती जिल्ला भएकाले भारतबाट लागुऔषधको कारोबार हुने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस