काठमाडौं । विश्वमा सबैभन्दा बढि खाइने तरकारीमा प्याज पनि पर्दछ । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन् ।
प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधि पनि हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ ।
प्याजमा गन्ध हुनुमा यसमा एनप्रोपाइल डाइसल्फाइड कारक हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ । तर यसको सेवनले भने स्वास्थ्यमा धेरै लाभहरु दिलाउँछ ।
१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।
२. यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।
३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।
४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।
५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।
६. यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।
७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।
८. यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।
९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ ।
१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ असार २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
प्याजको भाउ महँगियो
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात
भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध