काठमाडौ । पछिल्लाे एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ ।
प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो ।
पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।
देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपियाँ थोकमा कारोबार भएको छ ।
एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपियाँ थोकमा कारोबार भएको थियो । खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपियाँमा कारोबार भएको छ । गोरखापत्रम खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धेरै लसुन र प्याज खानुहुन्छ ? शरीरमा हुन्छन् यस्ता नराम्रा असर
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा