भरतपुरको क्यान्सर अस्पतालमा क्यान्सर रोगको अध्ययन संस्थान बनाउन माग

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १५ : १५
भरतपुरको क्यान्सर अस्पतालमा क्यान्सर रोगको अध्ययन संस्थान बनाउन माग

चितवन । भरतपुरको क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरिएको छ । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेपछि भरतपुर क्यान्सर अस्पतालका प्रतिनिधिहरुले भरतपुरको क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेका हुन् । 

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेका हुन् । उनीहरुले भरतपुर भन्दा पनि सानो अस्पताल भक्तपुरलाई राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न बताए । 

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल अस्पताललाई छाडेर भरतपुरभन्दा सानो अस्पताल भक्तपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापनाको तयारी गलत भएको उनीहरुको भनाइ छ । उनीहरूले देशकै सबैभन्दा ठूलो क्यान्सर अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर एक विवादित अस्पतालमा क्यान्सर जस्तो जटिल रोगको अध्ययन संस्थान चलाउनु गलत भएकाले सच्चाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस