पोखरा महानगरको बजेट : ६ अर्ब २७ करोड

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १३ : ३७
पोखरा महानगरको बजेट : ६ अर्ब २७ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ र ७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेकी हुन् । चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१  लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस